Monday, April 21, 2025

प्रहरी चौकीमै प्रहरीको छापा भारतको बिहार ।

ताजा / भरखरै प्राप्त

भारतको बिहार राज्यस्थित कैमूर जिल्ला अन्तर्गतको सोनहना प्रहरी चाैकीमा प्रहरीले छापा
मारिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार भभुआ थानाका ‘स्टेसन हाउस अफिसर’
(एसएचओ) मुकेश कुमारको नेतृत्वमा प्रहरीको एउटा टोलीले सोनहना प्रहरी चौकीमा छापा मारेको हो ।

उक्त चौकीका प्रहरी अधिकारीले मदिरा सेवन गरेको सूचना पाएपछि छापा मारिएको जिल्लाका एसपी ललित मोहन शर्माले जानकारी दिएका छन् ।

बिहारमा मदिरा प्रतिबन्धित छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोनहना प्रहरी चौकीका सबइन्सपेक्टर राजीव रञ्जन,
सिपाहीद्वय चन्द्रजीत र अमरेन्द्र कुमारलाई मदिरा पिएर लठ्ठ भएको अवस्थामा नियन्त्रणमा लिइएको छ ।
यस अतिरिक्त एक सर्वसाधारणलाई पनि मादक पदार्थ सेवन गरेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका चारै जनाको मुत्र र रगत परीक्षणका लागि नमूना पठाइएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूलाई तत्काल निलम्बन गरिएको छ । एसपीले उनीहरूविरुद्ध विभागीय कारबाहीका लागि समेत आदेश दिइसकेको
बताइएको छ ।
एजेन्सी ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles