
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकाे विराेधमा समर्थकहरूले तीन वटा भारतीय ट्रकमा आगाे लगाएका छन् ।
साेमबार राती झापामा उनका समर्थकहरूले ट्रकहरूमा आगजनी गरेका हो ।
बिहानको समयमा ६ वटा मोटरसाइकलमा आएका समर्थकहरूले भारतिय गाडी यूपी : ५७ एटी : ४४९३ नम्बरको कच्चा पदार्थ बोकेको मालवाहक ट्रकमा आगजनी गरेका थिए ।
यसैगरी, उनीहरूले डब्लूबी:७३–ई–३०५७ नम्बरको खाली ट्रकमा र झापास्थित धाइजनमा डब्लूबी:७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका छन् ।
आइतबार दिउँसाे प्रहरीले मेडिकल व्यवसायी प्रसाईंलाई पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले हिजाे नै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थपेकाे छ ।
हिरासतमा राखेर अनुसन्धान गर्ने भन्दै प्रहरीले हिजाे प्रसाईंलाई जिल्ला अदालत पुर्याएको थियाे ।
आफ्नो चरित्र हत्या गरेको भन्दै एक महिलाले प्रसाईविरुद्ध जाहेरी दिएकी हाे ।