Tuesday, April 22, 2025

सर्लाहीको गडहिया डुमरिया नाकाबाट तस्करी सुरू ।

ताजा / भरखरै प्राप्त

सर्लाही जिल्ला को असई. तेज नरायण यादव घुमवाको सेटिङमा
इलाका प्रहरी कार्यालय गडहिया डुमरिया एरियाबाट खुलेआम तस्करी भइरहेको छ ।

इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका घुमवा हवल्दार उमेश साह र जिल्लाका घुमवा तेज नरायण यादवले तस्करीको लाइन दिएको समाचार प्राप्त भएको छ।

प्रहरी निरीक्षक कार्कीले दुई जना व्यपारीलाई तस्करी गर्न लाइन दिएको समाचार प्राप्त भएको छ ।

सरोज यादव ६ जनाको समेतको समूहले चाइनिज लसुनकाे ठूलो काराेवार गरिरहेका छन् ।
त्यसैगरी राजेश मिश्रा समेतको ४ जनाको समूहले भारतबाट नेपाल तर्फ कपडाको ठूलो तस्करी गरिरहेका छन् ।

तस्करसँग लाइन मिलाउने , आर्थिक काराेवार गर्ने र भेटघाटकाे जिम्मेवारी सबै घुमुवा असई. तेज नरायण यादवले र हवल्दार उमेश साहलाई जिम्मेवारी दिएको समेत एक हवल्दारले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन् ।

ई.प्र.का.भारतबाट धानको तस्करी पनि व्यापकरुपा भैरहेको छ । ई.प्र.का.बलरा भारतबाट धानको तस्करी नेपालबाट गिट्टीबालुवा पनि ठूलो मात्रामा तस्करी भैरहेको छ ।
प्रहरीहरूले अहिले यो क्षेत्रबाट खुलेयाम तस्करीको लाइन दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles