Tuesday, April 22, 2025

धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार मद्ये ७ पक्राउ ।

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका सात जना थुनुवा पक्राउ परिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका सात थुनुवालाई प्रहरीले पक्राउ गरिसकेका छन् ।
हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए ।
फरारमध्ये सत्यम झालाई प्रहरीले बिहानै जनकपुरबाट पक्राउ गरिएको थियो ।
मनिष मण्डल र विशाल मुखिया अहिले सम्म फरार छन् ।

उनीहरूको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

अमितकुमार झा,
रञ्जित मण्डल, रोशनकुमार मण्डल, भाष्करकुमार यादव
पक्राउ परेका छन् ।

उनीहरू लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका थिए ।
सुमित मेस्तर र बिक्की कार्कीलाई पनि दिउँसो प्रहरीले पक्राउ
गरिएको हो ।
उनीहरू अभद्र व्यवहार मुद्दा पक्राउ गरिएको
थियो ।
उनीहरूलाई धनुषाको औरही गाउँपालिकास्थित नेपाल-भारत सिमा आसपासबाट पक्राउ गरिएको हो ।

आज बिहान करिब तिन बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर भागेका रहे छन् ।
हिरासतमा १० जना थुनवा रहेकोमा एक जना भने भागेका थिएनन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles