Monday, June 30, 2025

धनुषा प्रहरीको सुरक्षामागम्भिर लापरबाही ।

ताजा / भरखरै प्राप्त

जनकपुरधाम धनुषा जिल्ला प्रहरी कार्यालय धनुषाको भेन्टिलेशन भोडेर हिरासतबाट ९ जना थुनुवा फरार भका छन् ।
लागूऔषध अभद्र व्यवहार लगायतका मुद्दामा पक्राउ परेका ९ जना थुनुवाहरू गएराति फरार भएका
थिए ।

अवलोकन जानकारी ।

जबकि जुनियर प्रहरी अधिकृतको कमान्डा थुनुवालाई मात्रै हेर्नेगरि १० जना प्रहरीहरूलाई २४ घन्टा खटाएको हुन्छन् ।

धनुषा जिल्लाको जनकपुरधाम, धनुषा प्रहरीको सुरक्षामा गम्भीर चरम लापरबाही देखिन्छ ।

धनुषा जिल्ला प्रहरी कार्यालयको
हिरासतबाट ९ जना फरार भएका थुनुवा स्थानीयहरूको सहयोगमा ९ जना लाई नै प्रहरीले
पक्राउ गरेका छन् ।
प्रहरीको हिरासतबाटै भेन्टिलेसन तोडेर फरार ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न मुद्दामा पक्राउ परेका थुनुवाहरू सोमबार बिहान ४ बजे धनुषा प्रहरीको हिरासतबाट फरार भएका थिए ।
फरार भएका थुनुवाहरूलाई धनुषा प्रहरीले करिब २८ घण्टामै पक्राउ गरेको हो ।

पहिलो दिन ७ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले अन्य दुई जनालाई भने मंगलबार बिहान पक्राउ गरेको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले बताए ।

उनका अनुसार तीन जनालाई जनकपुरबाट, १ जनालाई नेपाल–भारतको सीमाबाट र ५ जनालाई लखौरीबाट पक्राउ गरिएको हो ।
पक्राउ गरिएका थुनुवामा अमित झा,
सुमित मेस्तर,
बिक्की कार्की,
रोशन कुमार मण्डल,
मनिष मण्डल,
अभासकर यादव,
रञ्जित मण्डल र
विशाल मुखिया
रहेको छन् ।

फरार थुनुवाको खोजीका लागि करिब पाँच सयको हाराहारीमा धनुषा, सिरहा, र महोत्तरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यत प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीरहेको छन् ।

प्रदेश प्रहरी प्रमुख डीआईजी को आदेशले थुनुवाहरू फरार हुने बित्तिकै धनुषा, सिरहा र महोत्तरी जिल्लामा पर्ने सबै नाका नाकहरूमा निगरानी गराएको थियो ।
त्यसपछि भारतसँग समेत समन्वय गरेर खोजतलास गर्दै जाँदा ९ जनालाई नै प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।

प्रदेश प्रहरीको समन्वयमा घटनाको छानबिन गर्न डीएसपीको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरिएको छ ।
टोलीले प्रतिवेदन बुझाइसकेपछि त्यहीअनुसार थुनुवा भगाउँने दोषीहरूलाई कारबाही गरिने धनुषा प्रहरी ले जनाएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles