Monday, June 30, 2025

रौतहट प्रहरीद्वारा १३ प्रतिवादी पक्राउ :

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय रौतहटले दुई दिनको अवधिमा १३ जना फरार प्रतिवादीहरूलाई
पक्राउ गरेका छन् ।

जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय रौतहटबाट अभद्र व्यवहार, चोरी, कुटपिट, जुवा लगायत विभिन्न मुद्दामा दण्ड जरिवाना तोकिएर फरार १३ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा राजपुरका वर्ष ३० का
रामप्रवेश साह,
वर्ष २१ का कमरे
आलम,
वर्ष ३० का धर्वेन्द्र भगत माली,
राजदेवी वर्ष २९ का
रन्धिर कुमार सिंह
रहेका छन् ।
त्यसैगरी गौरको
वर्ष २३ का बेलवा भन्ने हरिओम राय यादव,
बौधिमाई वर्ष ४० का मोनीफ मिँया,
यमुनामाई वर्ष ३० को प्रदीप यादव भनिने प्रदीप अधिकारी,
फतुवाबिजयपुर वर्ष ३७ का पन्ना लाल साह,
राजदेवीका वर्ष २७ को मुन्ना यादव भनिने आकाश राय यादव रहेको
जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् ।

पक्राउ परेका सबै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा आज नेपाल प्रहरीले उपस्थित गराएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles