
गृह मन्त्रालय
को निर्णायानुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास
विभाग, कर्मचारी
प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं.१५६० मिति २०८१।०६।०६ गतेको पत्रादेशले
कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यालय प्रमुखको रूपमा काज सरूवा हुनु भएका
प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत
(हाल नेपालगंज) का समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट,
नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश सुर्खेत
(हाल नेपालगंज) का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्जिव शर्मा दास,
प्रहरी उपरीक्षकहरू,
प्रहरी नायव उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू
लगायत जुनियर प्रहरी अधिकृत तथा
जवानहरूले कार्यालयमा स्वागत गर्नुभएको छ ।
स्वागत पश्चात प्रहरी नायव महानिरीक्षक डीआईजीले
कर्णाली प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण
गर्नु भएको छ ।