Sunday, May 4, 2025

जिल्ला पर्सामा १० जना फरार प्रतिवादी पक्राउ :

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय पर्साले
एकै दिनमा दशजना फरार प्रतिवादीहरूलाई पक्राउ
गरेका छन् ।
पर्सा जिल्लाका विभिन्न ठाउँबाट
‘सर्चको अभियानअन्तर्गत
प्रहरीले एकै दिनमा दश जनालाई पक्राउ गरेको छ ।

पर्सा जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा प्रहरीले चलाएको फरार प्रतिवादीहरूलाई
पक्राउ अभियान अन्तर्गत सबै प्रतिवादीलाई पक्राउ
गरिएको हो
पर्सा प्रहरीका प्रवक्ता डिएसपी दीपक भारतीले बताएका छन् ।

उनका अनुसार अदालतबाट सजायको फैसला भइसकेपछि फरार बनेका प्रतिवादीहरूलाई पक्राउ गर्ने प्रहरीले अभियान चलाएको थियो ।

पक्राउ पर्नेहरूमा वीरगन्ज–८ निवासी सन्ध्या देवीकानु,
पर्सा नगरदाहा–८ निवासी
वैद्यनाथ साह तेली,
प्रमोद साह तेली,
नगिना देवी साह,
अमर प्रसाद,
निचुटा–५ बस्ने पारस गिरी, पकाहामैनपुर–२ का
खुतिनिया दर्जी,
पोखरीया–१२ का रामप्रसाद महतो धानुक र
मायादेवी लगायत
रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी
दिएको छ ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले
जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles