Sunday, June 29, 2025

प्रादेशिक अस्पताल गाैरमा अश्लील गीतमा नृत्य गराउनेलाई कारबाही गर्न नगर प्रमुख साहको माग :

ताजा / भरखरै प्राप्त

प्रेमचन्द्र झा
राैतहट : रौतहटको गाैर नगरपालिकाका प्रमुख शम्भु साहले प्रादेशिक अस्पतालमा अश्लील गीतमा नृत्य गराउनेमाथि कारबाही गराउन माग गरेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीको राैतहट जिल्ला भेलामा मन्तव्य राख्दै नगरप्रमुख साहले मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुर र अध्यक्ष अनवर हासमिलाई कारबाही नभएकोमा दु:ख व्यक्त गरे ।

नगर प्रमुख साहले मधेश प्रदेशका मुख्यमन्त्रीलगायत सम्बन्धित निकायले यति बेलासम्म के हेरेर बसेको भन्दै प्रश्न गरे ।

तिज पर्वमा प्रादेशिक अस्पताल गाैरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर र अध्यक्ष अनवर हासमि अस्पतालमा महिला कर्मचारीसँग कुम जाेडेर नाचेका भिडियो भाइरल भएपछि पनि सम्बन्धित निकाय माैन भएको प्रति उनले आपत्ति जनाए ।

प्रादेशिक अस्पतालमा भएको उक्त घटनाबारे
गाैर नगरपालिकाका
नगर प्रमुख मेयर शम्भु साह बोलिरहँदा कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल निकै चनाखो भएर सुनिरहेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles