Sunday, June 29, 2025

बारा प्रहरी द्वारा २ लाख ५९ हजार बराबरको चिनि पक्राउ ।

ताजा / भरखरै प्राप्त

जिल्ला बारा
बारा प्रहरीले नियन्त्रणमा लियो २ लाख ५९ हजार बराबरको चिनि ।

बारा प्रहरीले छापामारी कलैया बाट २ लाख ५९ हजार बराबरको चिनि नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा बाराको कलैया उ.म.न.पा. वडा नं.२५ बस्ने तजमोदिन अंसारीको घरमा छापामारी गरि भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याईएको ६१ बोरा चिनि र बोरा सिलाउने मेसिन एक थान बरामद गरेको हो ।
बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी महेन्द्र खड्काले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरीको टोलीले तजमोदिन अंसारीको घरमा चेकजाँच गर्दा
२ लाख ५९ हजार बराबरको चिनि – ६१ बोरा र बोरा सिलाउने मेसिन- एक थान फेला परेको हो ।

स्थानियहरूसंग प्रहरीले सोधपुछ गर्दा कसैले मेरो हो भनेर दाबी नगरेकोले उक्त समान नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी
पर्साको बिरगंज
भन्सार कार्यालय वीरगंजमा बुझाईएको बाराका
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी
प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles