
उत्कृष्ट ढंगले जिम्मेवारी वहन गर्नू
निमित्त प्रहरी महानिरीक्षक तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको समस्यालाई तत्काल सम्बोधन गर्दै उत्कृष्ट
ढंगले आआफ्नो
जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् ।
हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरू तथा प्रहरी नायव उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी
प्रधान कार्यालयमा
निर्देशन दिने क्रममा
निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिएका हुन् ।
निमित्त प्रहरी महानिरीक्षक राईले आआफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्लेषण गरी सोही अनुरूप कार्ययोजना
बनाई काम गर्नुपर्ने
उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक
एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी कार्यसम्पादन गर्नुपर्ने
बताउनु भएको छ ।
नागरिकको भरोसा जित्ने गरी कार्य गर्नुपर्ने बताउँदै निष्ठावान, इमानदार एवम् सिर्जनशील भई काम गर्न उनले निर्देशन दिए ।
सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिएका छन् ।