Sunday, June 29, 2025

चाड पर्वको विशेष सुरक्षाको कार्यान्वयन गर्न निर्देशन ।

ताजा / भरखरै प्राप्त

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन
निमित्त नेपाल प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा हिजो मंगलबार सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएको हो ।

निमित्त प्रहरी महानिरीक्षक राईले आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै त्यस्ता गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।

विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला र सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्वलाई लक्षित गर्दै जन चेतनामूलक कार्यक्रमहरू संचालन
गर्न एवम् आ-आफ्नो क्षेत्रमा कुनै पनि घटना चोरि डकैती चोरि तस्करी जस्ता नियन्त्रणको लागि थप सक्रिय भई कार्य गर्न उनले निर्देशन
दिएका छन् ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय को
कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक
रामदत्त जोशी समेतले प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई
अपराध नियन्त्रण
एवम्
प्रभावकारी सुरक्षा व्यवस्थाको लागि
गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिनुएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles