
भोलि र पर्सि हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन गृह मन्त्रालयको अनुरोध, धान नकाट्न किसानलाई सुझाव।
सम्भावित मनसुनी वर्षाबाट चार दिनसम्म सातवटै प्रदेश जोखिममा रहने भन्दै गृह मन्त्रालयले भोलि ११ र पर्सि १२ गते हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन आग्रह गरेको छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विज्ञप्ति निकालेर रातिमा यात्रा गर्दा पहिरो र बाढीको आंकलन गर्न कठिन हुने रहेको
जनाएको छ ।
अत्यावश्यक काम परेमा बाहेक यात्रा नगर्न पनि सर्वसाधारणलाई सुझावपनि दिएका छन् ।
पहिरोको जोखिम भएका स्थान तथा नदी किनाराका वस्तीमा उच्च सतर्कता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ ।
तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न सुझाव दिइएको छ ।
विपदको पूर्वतयारी र उच्च सतर्कता अपनाइएको भन्दै प्राधिकरणले जोखिममा रहेका नागरिकलाई सुरक्षित आश्रयस्थलमा सार्न पनि निर्देशन
दिएको छ ।