Monday, May 12, 2025

कञ्चनपुरमा इन्सपेक्टर शाही सहितको टोलीमाथि आक्रमण :

ताजा / भरखरै प्राप्त

कञ्चनपुरमा नेपाल प्रहरीका एक इन्सपेक्टरसहितका कर्मचारीहरुमाथि आक्रमण भएको छ ।

गएराति जिल्लाको पुनर्वास क्षेत्रमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी इन्चार्ज तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) महेशविक्रम शाहीसहितको गस्ती टोलीमाथि आक्रमण भएको हो ।

गस्तीमा गएको इन्सपेक्टर शाहीको टोली र खडखडे खेल्ने टोलीबीच विवाद भएपछि घटना घटेको बताइएको छ ।

घटनाका क्रममा नेपाल प्रहरीको भ्यान पनि तोडफोड गरिएको र शाहीसहित ५ जनालाई आक्रमणबाट सामान्य चोट लागेको बुझिएको छ ।

स्रोतका अनुसार पुनर्वास नगरपालिका–७, च–गाउँमा ९ जना प्रहरीको टोली गस्तीमा
गएको थियो ।
बुद्धबस्तीमा खडखडे खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा विवाद भएको हो ।

विवाद बढेपछि प्रहरी टोली पक्राउ गर्नबाट पछि हटेको बुझिएकाृ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles