Sunday, June 29, 2025

कैलालीको धनगढीमा साढे ३ किलो चरेससहित दुई जना पक्राउ :

ताजा / भरखरै प्राप्त

कैलालीमा साढे तीन किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक(सई) गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले तीन किलो चार सय ८० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा गौरिगंगा नगरपालिका–८ बडैपुर बस्ने बझाङको केदारस्युँ गाउँपालिका–६ बस्ने अन्दाजी २३ वर्षीय गोविन्द धामी र बाजुरा खप्तड छेडेदह गाउँपालिका–४ घर भएर धनगढी उपमहानगरपालिका–३ मा बाजुरा होटल सञ्चालन गर्ने ४१ वर्षीया मनमति ऐडी रावत रहेको कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles