
नागरिकहरूको सुरक्षानै पहिलो प्राथमिकतारहेको बताएको छन् डीआईजी आचार्य राैतहट ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले नागरिकको सुरक्षानै पहिलो प्राथमिकतामा राखेर
काम गर्न प्रहरीहरूलाई निर्देशन दिएका छन् ।
उनले भने जस्तोसुकै विषम परिस्थितिमा भए पनि नागरिकको सुरक्षामा कुनै कमी नगर्न निर्देशन दिएका छन् ।
प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक जिल्लातर्फ निक्लेका डीआईजी आचार्यले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन निरीक्षणपछि
जिल्लाका सम्पूर्ण
यूनिट प्रमुखहरुलाई उक्त निर्देशन दिएका छन् ।
प्रहरी संगठनले अंगिकार गरेका नीति , कार्ययोजना तथा प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक
प्रहरी सेवा प्रवाह गर्न गराउन डीआईजी आचार्यले निर्देशन
दिएका छन् ।