Monday, April 21, 2025

गाँजा तस्करीआरोपित प्रहरी हवल्दारसहित तीन थुनामा :

ताजा / भरखरै प्राप्त

हेटौंडा — लागूऔषध कारोबार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले प्रहरी हवल्दारसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बिहीबार बसेको इजलासले गाँजा ओसारपसार गरेको आरोपमा चितवन राप्ती नगरपालिका-१ परेवाकोटका २० वर्षीय धनबहादुर स्याङ्तान, वडा नम्बर २ का ३६ वर्षीय सुनिल मोक्तान र तनहुँ घर भई चितवनमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय निमबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

हवल्दार गुरुङ ईलाका प्रहरी कार्यालय भण्डारा चितवनमा कार्यरत थिए ।
तीनै जनालाई भीमफेदी कारागार पठाइसकेको छ ।

गुरुङ पक्राउ पर्नेवित्तिकै निलम्बित भइसकेका छन् ।
२०८१ असार १२ गते हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे प्रहरी चौकीका प्रहरीले हेटौंडाबाट
पथलैयातर्फ गइरहेको ना ५ ख १११८ नम्बरको डिब्बा गाडी रोकेर जाँच गर्दा १ सय ६२ केजी गाँजा
फेला पारेको थियो ।

गाडीमा फल्सवटम बनाएर १६ वटा प्लास्टिकको पाकेटमा गाँजा प्याक गरी लुकाएर ल्याएका थिए ।

प्रहरीले गाँजासहित गाडी चालक धनबहादुर र सुनिललाई पक्राउ गरेको थियो ।
उनीहरुको बयानअनुसार हवल्दार गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।
सभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles