
चाडपर्वको अवसरमा विभिन्न २० प्रकारका अपराधहरु हुन सक्ने
भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना बनाएको छ ।
एसएसपी वसन्त रजौरेसहितको टोलीले शुक्रबार चाडपर्व लक्षित योजना बनाएर सार्वजनिक गरेको छ ।
प्रहरीले चाडपर्वमा हुनसक्ने विभिन्न अपराध हुनसक्ने सम्भावित अपराधहरुमा लुटपाट तथा कुटपिट, चोरी तथा स्न्याचिङ,
डकैती, सवारी दुर्घटना, तस्करी,
जुवातास, अवैध मदिरा बिक्री वितरण,
मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, आगजनी तथा बिस्फोटन, ड्रिंक एन्ड ड्राइभ,
हिट एण्ड रन, चिट्ठाको प्रलोभनमा ठगी,
कृत्रिम अभाव तथा कालोबजारी, नाका स्टेशनमा बाहिरिनेको चापमा हुने अवैध
धन्दा, महँगो भाडा असुली, मदिराका कारण हुने अपराध,
धार्मिक तथा किनमेल स्थलमा हुने
पाकेटमारी र बन्द पसल तथा खाली घरहरुमा
हुने चोरीलाई प्रहरीले सम्भावित अपराध
मानेको छ ।
यी सम्भावित अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन,
२ रुटमा लङ रेन्ज गस्ती, ४२ रुटमा सर्ट रेन्ज गस्ती गरिने परिसरका प्रवक्ता नवराज अधिकारीले
बताएका छन् ।
त्यस्तै ७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
सूचना संकलनको रुपमा सादा पोशाकको रुपमा ३८ वटा टोली बनाएर परिचालन गरिने प्रहरीले जनाएको छ ।
यी सबै काठमाडौं जिल्लामा मात्रै ३ हजार
७ सय ६५ जना नेपाल प्रहरी खटाइनेछ ।