चौबीस घन्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ ।
एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ ।
यसपटक ७७ वटै जिल्लामा वर्षा
भएकको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन ।
बागमती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ ।