दोलखा दोलखाको भीमेश्वर नगरपालिका-६ मैदानेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो स्थानीय रामकुमार भुजेलको घर पुरिँदा उनी, श्रीमती राधा र १६ वर्षीय छोरा रोशनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूका ५ वर्षीय छोराको जीवितै उद्धार गरिएको प्रहरीले
जनाएको छ ।