हेटौंडाको मकवानपुर इन्द्रसरोबर गाउँपालिकामा बेपत्ता भएका ६ जना बालकमध्ये ३ जनाको शव भेटिएको छ ।
शनिबार बिहान कुलेखानीको बाँध खोल्दा खोला बढेपछि सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा ६ जना बेपत्ता भएका थिए ।
सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये ६ जना पहिरोमा परेर हराएका थिए ।
तीमध्ये तीन जनाको शव फेला परेको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले
पुष्टि गरे ।
उनीहरूको सनाखत हुन बाँकी छ ।
मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार प्रहरी घटनास्थलतर्फ
गइरहेको छ ।
२५ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय भीमफेदीबाट ९ जनाको टोली त्यसतर्फ
जाँदैछ ।
भारी वर्षाका कारण उनीहरुलाई घटनास्थल पुग्न समय लागेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि बत्सलादेवी माविमा फुटबल प्रशिक्षण
सञ्चालन गरेको थियो ।साभार