
ललितपुरको हात्तीवनस्थित सडकमा बस
भासिएको छ ।
बा २ ख ६८४८ बसको पछाडिको भाग सडकमा परेको खाल्डोमा
छिरेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी तथा प्रवक्ता नरहरि रेग्मीका अनुसार बसको पछाडिको भाग खाल्डोमा परे पनि कुनै मानवीय क्षति भने भएको छैन ।
शुक्रबारदेखि निरन्तर परेको वर्षाका कारण सडकमा भ्वाङ पर्दा बसको पछाडिको भाग खाल्डोमा परेको हो ।
ललितपुरमा मात्रै बाढी पहिरोका कारण अहिलेसम्म १८ जनाको
मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन् ।