Sunday, June 29, 2025

अरुलाई बचाउन जादा आफ्नै मृत्यु :

ताजा / भरखरै प्राप्त

पहिरोमा पुरिएकालाई उद्धार गर्न जाँदा नेपाली सेनाका एकजना प्रमुख
सेनानी (कर्णेल) मिलन केसीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४
चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा
पुरिएर मिलन केसीको मृत्यु भएको हो ।

सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वर नगरपालिकाका केसीसहित दुई कोरियन
नागरिक शुक्रबार बेलुका रिसोर्टमा पुगेका थिए ।

कर्णेल केसीसहितको टोली सुरक्षित स्थानमा पुगेपनि कोरियन नागरिक नउठेपछि केसी उनीहरूलाई उद्धार गर्न गएका थिए ।

त्यही बेला ठूलो पहिरो आएपछि केसीलाई पनि पुरेको हो ।

उनको शरीरमा चोटपटक लागेको थियो ।

साथीहरुले बोकेर ल्याउन खोज्दा म आफैँ हिँड्छु भनेर केही समय
हिँडेपछि मलाई गाह्रोभो
भन्दै ढल्नु भो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles