
पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले भन्सार छलि गरेर ल्याएको ६ सय बोरा चिनीसहित दुई जना मानिसलाई नियन्त्रणमा लिएको छ ।
बर्दघाट चिसापानीमा भैरहवाबाट काठमाडौं जाँदै गरेको ना: ८ ख: १४७६ नम्बरको ट्रक खानतलासी गर्दा भन्सार छलि गरेको चिनीसहित अन्य सामान बरामद भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेका अनुसार बरामद भएको सामानको बजार मूल्य ६८ लाख रुपैयाँ रहेको जनाएका छन् ।
चिनी, मोबाइलका समानसहित ७ प्रकारको समान बरामद भएको छ ।
बिलबिजकमा उल्लेख भएको भन्दा फरक सामान ल्याइएको सशस्त्र प्रहरीले जनाएका छन् ।