Saturday, May 17, 2025

रौतहटमा ३ जनाको मृत्यु :

ताजा / भरखरै प्राप्त

रौतहटका विभिन्न स्थानमा
आइतबार डुबेर र करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

लगातारको वर्षापछि वाग्मती नदीमा आएको
बाढीमा डुबेर दुर्गाभगवती गाउँपालिका–४ का ३५ वर्षीय राजकुमार मुखियाको मृत्यु भएको
प्रहरीले जनाएको छ ।
बाढीमा माछा मार्ने क्रममा चिप्लिएर लडेका मुखियाको पानीमा डुबेर मृत्यु भएको हो ।

यसैगरी परोहा नगरपालिकाको नरकटियामा घाँस
काट्न गएकी १४ वर्षीया
आशाकुमारी साहको
पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

यता बौधिमाई–२ का १४ वर्षीय बालक रामबाबु महतोको करेन्ट लागेर
मृत्यु भएको छ । महतोलाई विद्युतीय मोटर जडान गरिएको धाराको पानी खाने क्रममा करेन्ट लागेको थियो ।

अविरल वर्षा पछि राैतहट जिल्लाका विभिन्न
स्थानमा भएको
डुबानको क्रममा घर भत्किएर ४ जना घाइते भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles