
हेटौँडाबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ
परेका छन् ।
रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नं. को यात्रुवाहक
विद्युतीय माइक्रोलाई चेक जाँच गर्ने क्रममा माइक्रोमा सवार भारतको बिहार राज्य फूलबरिया
पूर्वी चम्पारण बरेवाका सुजित सर्राफलाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले सर्राफको
साथबाट बिस्कुटको आकारको टुक्रा
चार थान, बिस्कुटको सानो टुक्रा एक थान,
सिक्री एक थान गरी
जम्मा ४९० ग्राम ८८० मिलिग्राम सुन बरामद गरेको छ ।