पर्सा प्रहरीले १ करोड ६७ लाख बराबरको मालबस्तुहरू लोड रहेको दुइटा ट्रकहरू पक्राउ गरि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएका छन् ।
पर्सा जिल्ला प्रहरी कार्यालय पर्साका प्रेस-विज्ञप्ती अनुसार विशेष सूचनाको आधारमा असोज १४ गते राती ११. बजेको समयमा
वीरगञ्ज,महानगरपालिका-१६ स्थित नगवा सडकखण्डबाट ना.५ ख ५५४२ र
बा.प्र.०३-००१ ख १६५५ नम्बरको मालबाहक ट्रकहरूलाई पर्साका नेपाल
प्रहरीले नियन्त्रणमा लिएका छन् ।
ट्रकहरुमा रहेको विल विजक भन्दा बढीका औषधी तथा खाद्यान्न लगायतका समान मालबस्तुहरू
लोड रहेको र बिलबिजकभन्दा सन्कास्पद देखिएकाले
ट्रक पक्राउ गरेको हो
पर्सा प्रहरीले बताउ छन् ।
पर्सा प्रहरीका प्रवक्ता डिएसपी दिपक भारतीका
अनुसार वीरगञ्जबाट बाँके तथा चितवनतर्फ लैजाँदै गरेको अवस्थामा
पर्सा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मालबाहक ट्रकहरू नियन्त्रणमा लिइएको हो ।
एक करोड सड्सठी लाख उन्नाइस हजार चार सय बराबरका मुल्यांकन गरि
ट्रक तथा खाद्यान्न र औषधी लगायतका मालबस्तुहरू
कारवाहीको लागि
राजस्व अनुसन्धान कार्यालय बाराको पथलैयामा बुझाइएको
बताएका छन् ।