
चाडबाड र राजमार्ग अवरुद्ध भएको मौकामा
आन्तरिक उडानका जहाजमा चाप अत्यधिक बढेको छ ।
तर, यो चाप एकतर्फी भएको देखिन्छ ।
बुद्ध एयरले बिहीबार भद्रपुर–काठमाडौं रुटको
जहाज रित्तै काठमाडौं फर्काउनु परेको जानकारी
गराएको छ ।
बिहीबार भद्रपुर–काठमाडौं कुल दुई उडान भएकोमा
एउटा जहाज रित्तै फर्किएको र अर्को जहाजमा १० जना मात्र
यात्रु रहेको कम्पनीले जनाएको छ ।