Tuesday, April 22, 2025

कलैया यातायात कार्यालयमा ‘एनी हाउ पैसा कमाउ’ रणनीति :

ताजा / भरखरै प्राप्त

मन्त्रालयबाट तीन महिनाका लागि काजमा आएको यादवले छोटो समयमै अकुत सम्पत्ति कमाउने योजना बनाएका छन्।


वीरगञ्ज। दशैँको संघारमा कलैया स्थित यातायात व्यवस्था कार्यालय प्रमुख अर्विन्द यादवले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई आर्थिक चलखेलको भुमरीमा फसाउँदै व्यापक भ्रष्टाचारको जालो फैलाएको आरोप छ। यादवले कार्यालयको नेतृत्व सम्हाल्नासाथ लाइसेन्स बिक्रीलाई आफ्नो व्यक्तिगत सम्पत्ति आर्जनको औजार बनाएका छन्।

मन्त्रालयबाट तीन महिनाका लागि काजमा आएको यादवले छोटो समयमै अकुत सम्पत्ति कमाउने योजना बनाएका छन्। असोज १० गते मात्र कार्यालयमा हाजिर भएका उनले १४ गते नै वर्ग एफ, जी (बस, ट्रक) को लाइसेन्स वितरणका लागि सूचना प्रकाशित गरे। यसरी हतारमा सूचना जारी गरेर उनी लाइसेन्सको नाममा घोटाला गर्न उद्धत देखिएका छन्।

विश्वसनीय स्रोतहरूका अनुसार, यादवले मोटरसाइकल र स्कुटीका लाइसेन्सको लागि १० हजार रुपैयाँसम्म, र जीप तथा कारका लाइसेन्सका लागि १५ हजारसम्म असुल्न थालेका छन्। त्यस्तै, ह्याभी सवारी साधनको लाइसेन्स प्राप्त गर्न चाहनेले २५ देखि ४० हजार रुपैयाँसम्म बुझाउन बाध्य भएको पाइएको छ। यसरी सवारी चालक अनुमतिपत्र वितरणमा चर्को आर्थिक चलखेल गरी यादवले जनताको ढाड सेक्ने कार्य गरिरहेका छन्।

कार्यालयका खरिदार सत्यनारायण साह, कम्प्युटर अप्रेटर कलाम हुसैन र सहायक शाखा अधिकृत सुशिल कर्णले लाइसेन्स वितरणमा अवैध रकम उठाउने र सेटिङ मिलाउने काममा प्रत्यक्ष संलग्न रहेको आरोप पनि छ।

यादवले नजिकका अन्य सरकारी निकायका प्रमुखहरूसँग सेटिङ मिलाएर आफ्नो आर्थिक खेललाई संस्थागत बनाएको बताइन्छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक निरु ढुवालसँग यादवले मिलेमतो गरी ट्राफिक व्यवस्थापनमा समेत आफ्नो प्रभाव विस्तार गरिरहेका छन्। यसरी यादवले सरकारी निकायलाई आफ्नो निजी लाभका लागि दुरुपयोग गर्दै संस्थागत भ्रष्टाचारको गम्भीर खतरा निम्त्याएका छन्।

मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले वीरगञ्ज र रौतहटको गौरस्थित यातायात कार्यालयहरूमा लाइसेन्स वितरणका कामहरू तत्काल रोक्न परिपत्र जारी गरे पनि यादवको कार्यालयले चाँडै पैसा उठाउने उद्देश्यले सूचना जारी गरेको छ। वीरगञ्ज र गौरको कार्यालयमा काम रोकिँदा कलैया कार्यालयलाई लाइसेन्स वितरणको मोनोपोली प्राप्त भएको छ, जसलाई यादवले भरपुर फाइदा उठाइरहेका छन्।

यादवले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै कुनै प्रकारको आर्थिक चलखेल नगरेको दाबी गरेका छन्। उनले सेवाग्राहीलाई सहज सेवा दिन र कार्यालयको कामलाई तिव्र गतिमा अघि बढाउन आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन्। तर, स्रोतहरूले भने यादवको यो दाबीलाई ‘अभिनेता’ शैलीको प्रदर्शन मात्र भएको भन्दै अविश्वास व्यक्त गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles