प्रमुख यादवमाथि आरोप
वीरगञ्ज, बारा – यातायात व्यवस्था कार्यालय, बारा, नयाँ प्रमुख अर्विन्द यादवको आगमनसँगै सवारी चालक अनुमती पत्र
(लाइसेन्स) वितरण प्रक्रियामा व्यापक आर्थिक
अनियमितता सुरु भएको छ। दशैँ र चाडबाडको अवसरलाई मध्यनजर गर्दै
यादवले लाइसेन्स वितरणलाई आर्थिक
लाभको स्रोत बनाउन थालेको गुनासो बढेको छ।
यादवको आगमनपछि, असोज १० गते कार्यालयमा हाजिर
भएपछि, उनले असोज १४ गते नै बस, ट्रक, र लहरीका लागि वर्ग ‘एफ जी’ सवारी चालक अनुमती
पत्रको सूचना निकालेका थिए, जसको प्रयोगात्मक
परीक्षा असोज २२ गते तोकिएको छ।
त्यस्तै, मोटरसाइकल,
स्कुटर, कार, जिप, भ्यान,
र अटो रिक्साका लागि
वर्ग ‘ए’, ‘के’, ‘बी’, ‘सी’, र ‘सी वान’ का लाइसेन्सको
लिखित परीक्षा असोज
२० गते गर्ने भनिएको छ।
तर, यो समयमा वीरगञ्ज र
गौरस्थित यातायात कार्यालयले कुनै पनि लाइसेन्सको काम नगर्नु
भनेको मन्त्रालयको परिपत्रले संशय बढाएको
छ।
वीरगञ्ज र गौरमा लाइसेन्स सम्बन्धी काम
रोकिनु र यादवको काजमा कलैयाको प्रमुख भएर
आउनु, दुवै घटनालाई संयोगमात्र मान्न कठिन
भएको देखिन्छ।
विशेषगरी, यादवलाई
नेपाली कांग्रेस मधेश
प्रदेशका सभापति कृष्ण
प्रसाद यादवसँगको निकट
सम्बन्धका कारण यो
जिम्मेवारी दिइएको हो भन्ने आरोप छ।
स्रोतका अनुसार, यादवले
मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि १० हजार रुपैयाँसम्म शुल्क
असुल गरिरहेको आरोप
छ, भने जिप र कारका लागि १० देखि १५ हजार
रुपैयाँसम्म लिने गरेको बताइएको छ। भारी सवारी
साधनका लाइसेन्समा २५
देखि ४० हजार रुपैयाँसम्मको आर्थिक चलखेल भइरहेको दाबी
गरिएको छ।
प्रमुख यादव यातायात व्यवस्था कार्यालय बारा
कलैया आउन ४० लाख मन्त्रालयलाई बुझाएको
श्राेतकाे दावी छ ।
कार्यालयका कर्मचारीहरू
सत्यनारायण साह र कलाम हुसैनले आर्थिक
असुलीमा सक्रिय भूमिका खेलेको विश्वसनीय स्रोतले
जनाएका छन् ।
साथै, यादवले स्थानीय
ट्राफिक प्रहरी कार्यालयका
प्रमुख प्रहरी निरीक्षक निरु
ढुवालसँग सेटिङ मिलाएको समेत
बताइएको छ।
यद्यपि, कार्यालय प्रमुख
यादवले भने आफूमाथि लागेका सबै आरोपहरू
अस्वीकार गर्दै कार्यालयको कामलाई
छिटो र प्रभावकारी ढंगले
अघि बढाउने उद्देश्य मात्र रहेको बताएका छन् ।
उनले आर्थिक चलखेलमा
संलग्न कोही प्रमाणित
भए, कारबाहीका लागि
सिफारिस गरिने
बताएका छन् ।