Monday, June 30, 2025

बाढीपहिरोले भएको क्षतिप्रति चिनियाँ विदेशमन्त्रीद्वारा दुःखव्यक्त, भने – सहयोग गर्न तयार छौँ :

ताजा / भरखरै प्राप्त

चीनका विदेश मन्त्री वाङ यीले नेपालमा बाढीपहिरोका कारण
भएको जनधनको क्षतिप्रति
दुःख व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री डा. आरजु
राणा देउवालाई सन्देश पठाउँदै उनले दुःख व्यक्त
गरेका हुन् ।
उनले नेपालमा भारी वर्षाका कारण बाढी र
पहिरोको भएको ठूलो मानवीय र सम्पत्तिको क्षतिले आफू स्तब्ध भएको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य
समेत रहेको वाङले
सुख–दुःख साझा गरेको र
आवश्यकताअनुसार नेपालको बाढीपीडितका लागि आफ्नो क्षमताअनुसार सहयोग गर्न
तयार रहेको बताउनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles