Tuesday, April 22, 2025

मालपोतका हाकिमले ५१ हजार घुस लिएको आरोप :

ताजा / भरखरै प्राप्त

बैतडी जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले सेवाग्राहीबाट
घुस लिएको खुलेको छ ।

छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट प्रमुख अशोक सार्कीले पाँच पटक
गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको प्रमाण
भेटिएको हो ।

उनले बुधबार आफ्नै कार्यकक्षमा सेवाग्राही
पाटन नगरपालिका–८, का नरबहादुर विष्ट र धनसिंह विष्टबाट पाँचौँ पटक घुसको अन्तिम
किस्ता लिने बेलाको
भिडिओ सार्वजनिक
भएको छ ।

कार्यालय प्रमुखले सेवाग्राही विष्टबाट २०८१ वैशाख ३० गते पाँच हजार,
साउन ६ गते १० हजार, त्यसपछि ६ हजार दुईसय,
भदौ १७ गते २० हजार र
असोज १६ गते घुसको अन्तिम किस्ता १० हजार
गरी ५१ हजार दुईसय
रुपियाँ घुस लिएको पीडितको आरोप
रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles