राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन
क्षेत्र नम्बर-२ का सांसद् रवि लामिछानेलाई चितवनमा कालोझण्डा
देखाइएको छ ।
सहकारी पीडितहरूले
शुक्रबार लामिछानेविरुद्ध
नाराबाजी गर्दै कालोझण्डा
देखाएका हुन् ।
उनी आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक
सुनुवाइ कार्यक्रममा सहभागी हुन मुग्लिन
पुगेका थिए ।
सार्वजनिक सुनुवाइ सकेर
फर्किने क्रममा लामिछानेलाई मुग्लिनबजारमा सहकारी
पीडितहरूले कालोझण्डा
देखाएको
बताइएको छ ।