
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दशैं–तिहार तथा छठ पर्वलाई लक्षित गरेर ११ हजार प्रहरी परिचालन गर्ने भएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले
चाडपर्वका बेला हुनसक्ने सुरक्षा चुनौतीको मसिनो विश्लेषण गरेर सोहीअनुसार थप प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।
डीआईजी केसीले सामान्य समयमा प्रदेशभर सात हजार प्रहरी कर्मचारी परिचालन हुने गरेको बताउनु भएको छ ।
प्रदेश सशस्त्र प्रहरी गण, संघीय प्रहरी कार्यालयलगायतका कार्यालयका प्रहरीलाई समेत गरी थप चार हजार
जनालाई फिल्डमा
खटाउने गरी योजना बनाइएको र
चाडपर्वका बेला सीमा नाकामा हुने चोरी, तस्करी, ठगी तथा लुटपाट जस्ता घटना हुन नदिने सीमा क्षेत्रमा छुट्टै प्रहरी टोली परिचालन गरिनेछ
भने सवारी दुर्घटना न्यूनीकरणका लागि चेकिङ
बढाउने, जनचेतनामुलक सन्देश प्रवाह
गरिनेछ ।‘
चाडपर्वका बेला ठूलो संख्यामा भारतबाट फर्किने नेपाली दाजुभाइ दिदीबहिनी ठगिने,
लुटिने, सिमा नाकामा हैरानी पाउने गुनासो
सुनिने गरेको छ,’ डीआईजी केसीले भने, ‘नाकामा नेपालीहरुले सास्ती भोग्न नपरोस् भनेर
निगरानी बढाएको छ ।’
सबै जिल्लामा पिकेट, पैदल गस्ती, मोबाइल गस्ती, नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकजाँच गर्ने कार्यलाई समेत निरन्तर सञ्चालन गरिने उनले
जानकारी दिए ।
डीआईजी केसीले प्रदेशभर जिल्लासहित ९९ कमाण्ड पोष्ट रहेको बताए ।
यस्तै, २०६ जनाको रिजर्व टोली, १६० जना स्ट्राइकिङ्क टोली, ५५३ जनाको पिकेट पाँच सय ९९ जनाको पैदल गस्ती, २५० जनाको मोबाइल गस्ती, दुई सय ६५ जना सीमा नाका र सादा पोशाकका प्रहरी सुरक्षामा खटिने उनले बताए ।
प्रदेशभर शान्ति, सुव्यवस्था चुस्त, दुरुस्त पारेर आम नागरिकलाई ढुक्कसँग चाडपर्व मनाउने वातावरण बनाउने प्रयासमा आ–आफ्नो पक्षबाट सहयोग गर्न समेत प्रदेश प्रहरी कार्यालयले अनुरोध गरेको छ ।