Monday, June 30, 2025

सुरक्षा योजना कर्णालीमा ४ हजार ३५१ प्रहरी परिचालन :

ताजा / भरखरै प्राप्त

सुर्खेत प्रदेश प्रहरी कार्यालय कर्णालीले दसैँ, तिहार र छठ पर्व लक्षित एकीकृत चाडपर्व सुरक्षा कार्य योजना २०८१ तयार गरेको छ ।
चाडपर्व सुरक्षा योजना कार्यान्वयन गर्न÷गराउनका लागि प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयहरूबाट चार हजार ३५१ जना प्रहरीहरू परिचालन गरिएको छ ।
ती प्रहरीहरूलाई एक हजार ३२९ वटा ड्युटीमा खटाइएको हो ।
खटाइएका प्रहरीमध्ये चार हजार ९९ जना जनपद प्रहरी रहेका छन् भने २५२ जना ट्राफिक प्रहरी रहेका छन् ।
दसैँ, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण
एवं सडक सुशासन कायम गर्न उक्त योजना लागु
गरिएका प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले बताए ।

सुरक्षा योजना अनुसार १२ वटा प्रदेश तथा जिल्ला कमान्ड पोस्टहरूमा १४५ जना प्रहरी परिचालन गरिएको छ ।

यस्तै ४८ वटा मोबाइल गस्ती टोली बनाइएको छ । जसमा २३४ जना प्रहरी खटाइएको छ ।
यस्तै प्रदेशभर १०२ ठाउँमा मोटरसाइकल गस्ती टिम बनाइएको छ,
जसमा १५२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
१०९ स्थानमा क्युआरटी (क्वीक रेस्पोन्स टिम) बनाइएको छ ।
उक्त टिममा २४८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।

११३ ठाउँमा पिकेट टोली बनाइएको छ जसमा २७६ प्रहरी परिचालन गरिएको छ ।

यस्तै स्ट्राईकिङ टोली ९ स्थानमा खटाइएको छ । त्यसमा ७६ प्रहरी परिचालन गरिएको छ । प्रदेशभित्रका महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरूको सुरक्षाका लागि १९८ प्रहरी परिचालन गरिएको छ । प्रहरीले त्यस्ता ४४ स्थानको पहिचान गरेर प्रहरी खटाएको हो । यस्तै बैंक, वित्तीय सङ्घ–संस्था, बजार अनुगमन, विशिष्ट व्यक्तिको सुरक्षा लगायतका अन्य स्थानमा समेत गरी १९८ स्थानहरूमा ७५० प्रहरी परिचालन गरिएको छ ।यस्तै ४२ प्रहरीलाई विभिन्न ठाउँमा सादा पोसाकमा खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । माइकिङ प्रचार प्रसारका लागि १७ वटा स्थानमा ४० जना प्रहरी खटाएको छ ।
प्रहरीले सडक सुरक्षालाई कडाइ र व्यवस्थित गर्ने प्रयास गरेको छ । प्रदेशभर १६२ वटा स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङको व्यवस्था मिलाइएको छ । ती चेकिङ स्थलमा २९० जना प्रहरी ट्राफिक प्रहरी खटाइएको छ । साथै ८५ ठाउँमा ट्राफिकसहितको चेकिङ गर्ने व्यवस्था थप मिलाइएको छ । ती ठाउँहरूमा १९९ प्रहरी खटाइएको छ ।यस्तै यात्रुहरूको सहजताका लागि भनेर दसैँ, तिहार लक्षित ६० वटा यात्रु सहायता तथा नागरिक सहायता कक्षहरू स्थापना गरिएको छ । ती कक्षहरूमा १७२ जना प्रहरीलाई खटाइएको छ ।
चाडबाडको समयमा जुवातास, मापसे गरी झै–झगडा, आपराधिक घटना, सवारी दुर्घटनाका घटनाहरू र बैंक तथा वित्तीय सङ्घ–संस्था लगायतका क्षेत्रहरूलाई लक्षित गरी चोरी, डकैती, लुटपाट, गुण्डागर्दी, पाकेटमारी जस्ता आपराधिक गतिविधि निस्तेज र निरुत्साहित गर्न उक्त योजन तयार पारिएको भट्टराईले बताए । ७ स्थानमा ‘रि–फ्रेस’ सेन्टर राखिने छ ।

लामा दुरीका सवारी साधनहरू उक्त ठाउँमा रोक्न मिल्ने र गाडी र यात्रुहरूले आराम गर्न पाउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles