नेपाल सरकारले बाढी पहिरो प्रभावित केही जिल्लाहरूलाई
संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले
ललितपुर, काभ्रेपलाञ्चोक, धादिङसहितका जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
बाढी र पहिरोका कारण ठूलो मात्रमा जनधनको
क्षति पुर्याएको क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने
निर्णय भएको बताइएको छ ।