नेपाल प्रहरीमा एआईजीसहित माथिल्लो
तहमा दर्जनौं पद
रिक्त छन् ।
रिक्त पदमा बढुवा तत्काल
हुने संकेत देखिएको छैन ।यही बीचमा उच्च तहका
थप पदहरु रिक्त हुँदैछन् ।
आगामी तीन महिनाभित्र
तीन एआईजीले अनिवार्य
अवकाश पाउँदैछन् ।
एआइजी रामदत्त जोशी,
भिमप्रसाद ढकाल र किरण बज्राचार्य
अवकाशको
मुखमा छन् ।
हाल कार्य विभागमा कार्यरत एआइजी जोशीले
१८ कात्तिकमा अवकाश
पाउँदैछन् ।त्यस्तै, मानव
स्रोत तथा विकास
विभागमा कार्यरत
भिमप्रसाद ढकालले २७
मंसिरमा अवकाश पाउँदैछन् ।
उपत्यका प्रहरी
कार्यालयमा कार्यरत
एआइजी किरण बज्राचार्यले १६ पुसमा
अनिवार्य अवकाश पाउने बताइएको छ ।