
६९ औं प्रहरी दिवस २०८१ को अवसरमा २०८१।०६।२९ गते नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौद्वारा आयोजित कार्यक्रममा परम्परागत शैलिमा यस वर्ष पनि बिभिन्न कारणवस दिवङगत भई अमर प्रहरी घोषित भएका देशभरिका १४ जना अमर प्रहरीहरु मध्ये काठमाडौं उपत्यकामा रहेका ३ जनाका आश्रित परिवारलाई यस संघको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
माननिय गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरद्वारा अमर प्रहरी परिवारलाई दोसल्ला ओढाई आर्थिक सहयोग प्रदान गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रममा संघका कोषाध्यक्ष श्रीमती कल्पना गिरी, बरिष्ठ सल्लाहकार श्रीमती अनिता गुरुङ, सल्लाहकार श्रीमती निलम कडायत, सह-सचिव (प्रशासन) श्रीमती अनिता ढकाल अधिकारी, कार्यसमितिका सदस्यहरु श्रीमती संगिता लम्साल, श्रीमती राधिका ज्ञवाली, श्रीमती मन्जु पौडेल, श्रीमती अनिता ढकाल पौडेल, श्रीमती अञ्जली तन्डुकार, श्रीमती प्रिती कुमारी चौधरी समेतको उपस्थिती
रहेको थियो ।