Tuesday, July 1, 2025

ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु :

ताजा / भरखरै प्राप्त

पश्चिम नवलपरासीको सुक्रौलीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एक प्रहरी हवल्दारको मृत्यु
भएको छ ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा नेपाल प्रहरीका हवल्दार चुरामणी भट्टराईको मृत्यु भएको हो ।रामग्राम नगरपालिका, १५ सुक्रौली स्थित हुलाकी सडकमा ना ५ ख २२५५ नम्बरको ट्रकले लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई
ठक्कर दिँदा मोटरसाइकल चालक भट्टराई घाइते भएका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुनवल नगरपालिका १३ घ्युडल्लाका भट्टराईको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटना पछि स्थानीयले हुलाकी सडकमा नाराबाजी गर्दै केही समय सडक अवरुद्ध गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles