Sunday, June 29, 2025

बाढीबाट प्रभावित परिवारलाई मेयर यादवले गरे राहत वितरण :

ताजा / भरखरै प्राप्त

लगतार तीन दिनको अरिवल वर्षाका कारण आएको बागमती नदीको बाढीबाट प्रभावित रौतहटको गढीमाई नगरपालिका-६ सिघारमनका पिडित परिवारहरूलाई राहत सामग्री वितरण
गरिएका छन् ।

दुई सय भन्दा बढी बाढीबाट प्रभावित घर परिवारलाई तत्कालका लागि आवश्यक खाद्य सामग्री सहयोगस्वरूप प्रदान यादवले गरेका हुन् ।
बाढीले क्षतिग्रस्त भएका घरपरिवारलाई प्रति परिवार २५ किलो चामल र
२ किलोको दरले खाने तेल, नुन, चिनी, दाल, स्वाविन र चिउरा लगायतका सामग्री वितरण गरिएका छन् ।
उक्त राहत सामग्री च्वाइस नेपालको सहयोग र गढीमाई नगरपालिकाको सहकार्यमा वितरण गरिएको छ ।

बाढीका कारण नगरपालिकाका तीन वडामा ठूलो जनधनको क्षति पुगेको छ ।
हजारौं हेक्टर खेतबारीमा लगाइएको धान, उखु, र
तरकारी बालीनाली बाढीले
नष्ट गरेको थियो ।
मेयर यादवका अनुसार राहत वितरणको दोस्रो चरणमा थप सहयोग उपलब्ध गराउने योजना बनाइरहेको बताएका छन् ।

उक्त वितरण कार्यक्रममा च्वाइस नेपालका कार्यकारी निर्देशक किरण नेवपाने , वडा ६ का वडाध्यक्ष रामसिहासन यादव र वडासदस्य तथा
नेपाल प्रहरी लगाएत विभिन्न दलका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles