Tuesday, October 22, 2024

हेटौंडामा ४० लाखको तार चोरी :

ताजा / भरखरै प्राप्त

हेटौंडा सिमेन्ट उद्योगबाट ४० लाख रुपैयाँ मूल्य
बराबरको तामाको तार
चोरी भएको छ ।

उद्योगका एक कर्मचारीका अनुसार सेक्युरिटी कम्पनीको लापरबाहीले गर्दा तामाको तार चोरी भएको हो ।
आलोचना र हो होला हुन्छ भनेर गुपचुप राख्न खोजिएको छ,’ ती
कर्मचारीले भने ।
हेटौंडा सिमेन्टका अध्यक्ष नरेन्द्र भण्डारीले तार चोरी भएको पुष्टि गरेका छन्

‘क्रसरबाट उद्योगसम्म क्रंकिट ल्याउन प्रयोग गरिने
तामाको तार चोरी भएको
छ ।
हामीले प्रहरीमा निवदेन पनि दिइसकेका छौं ।
कसरी चोरी भयो, सेक्युरिटी गार्डलाई समेत छानबिनको दायरामा ल्याउँदैछौं,’
भण्डारीले
भनेका छन् ।
भण्डारीका अनुसार सिमेन्टको सुरक्षाको जिम्मेवारी बज्र सेक्युरिटीले लिएको छ ।
सिमेन्ट उद्योगमा सीसीटीभी नहुँदा कसले चोरि गरेको भन्ने अनुमान गर्न नसकिएको उनले बताएका छन् ।
मकवानपुर प्रहरीका अनुसार सिमेन्ट उद्योगमा चोरी भएको विषयमा आजै निवेदन आएकाले अनुसन्धान भइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles