
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूको पर्दशनमा
प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेका
छन् ।
रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका थिए रास्वपा कार्यकर्ताहरू
माथि प्रहरीले
अश्रुग्यास र पानीको फोहरा हानेर भिडलाई तितरवितर पारेको हो ।
आज आइतबार दिउँसो पोखराको सहिद चोकमा रास्वपा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए ।निषेधित क्षेत्रबाट हट्न पटक-पटक गरेको आग्रहलाई प्रदर्शनकारीहरूले अटेर
गरेको भन्दै प्रहरीले सुरूमा
पानीको फोहरा हानेको थियो।
त्यसक्रममा रास्वपा कार्यकर्ताहरू र प्रहरीबीच धकेलाधकेल
भएको थियो ।
त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई लक्षित
गर्दै अश्रुग्यास हानेका छन् ।
सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले गत शुक्रबार पक्राउ गरी पोखरा लगेको थियो। लामिछानेलाई आज आइतबार दिउँसो जिल्ला अदालत कास्की पोखरामा उपस्थित गराइएका थिए ।