Monday, June 30, 2025

नेपाल पुलिस स्कुल चितवनको नवनिर्मित छात्रावास भवन उद्‌घाटन ;

ताजा / भरखरै प्राप्त

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको आज बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभको छ ।
साथै उहाँले उक्त नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले स्कुलले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै यस नवनिर्मित भवनले स्कुलको शैक्षिक गतिविधि अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा लिएको बताउनु
भएका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles