Monday, June 30, 2025

प्रहरीले २५ दिन माग्दा पौडेलले ७ दिनमा मात्र थपे म्याद, हिरासतमै वित्ने भो रविको तिहार ;

ताजा / भरखरै प्राप्त

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रवि लाई थप
७ दिन हिरासतमा राखेर
अनुसन्धान गर्न प्रहरीलाई
अनुमति दिएको हो ।अदालतले यसअघि दिएको
६ दिनको म्याद सकिएसँगै
आज प्रहरीले म्याद थपका
लागि अदालतमा उपस्थित
गराएको थियो ।
सूर्यदर्शन सहकारी
ठगीसम्बन्धी अनुसन्धानका
लागि प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ गरेर पोखरा पुर्याइएको थियो ।

रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै
रास्वपाका नेता र कार्यकर्ताहरूले निरन्तर
प्रदर्शन गर्दै आएका छन् ।तर, पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका सभापति लामिछाने तिहारसम्म रिहा नहुने भएका छन् ।

रविका सम्बन्धमा कास्की जिल्ला अदालतले थप गरेको म्याद बिहीबारदेखि नै गणना हुनेछ ।

७ दिनको म्याद पाएको प्रहरीले रविलाई कात्तिक १४ गतेसम्म हिरासतमा राख्ने छन् ।
कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु हुने भएकाले उनलाई सात दिने
म्याद सकिएलगत्तै प्रहरीले
अदालतमा उपस्थित गराउन नमिल्ने देखिएकोले
तिहार बिदापछि कात्तिक
२० गतेमात्र सरकारी कार्यालय खुल्ने छ ।
त्यसैले रविलाई कात्तिक २० गते-मात्र प्रहरीले अदालतमा उपस्थित गराउने छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति
रवि लामिछाने पक्राउ विरुद्ध आज बिहीबार पनि रास्वपाका कार्यकर्ता समर्थकहरूले प्रदर्शन जारी राखेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles