Tuesday, July 1, 2025

अराजक क्रियाकलापलाईमौलाउन दिइन्न :

ताजा / भरखरै प्राप्त

सम्मननीय प्रधानमन्त्री के.पी. शर्मा ओली !

आज १३ गते-कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने
प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट
गर्नुभएको छ ।

सशस्त्र प्रहरी बल,
सिसं–१६, सशस्त्र प्रहरी
निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन
गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि नदिइने स्पष्ट गर्नुभएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिष्ठान, मातातीर्थमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना दिँदै बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा
कानुनमा आवश्यक संशोधनको तयारी भएको जानकारी
दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता, उचाइ र कामलाई अझ माथि उठाउन शुभकामना दिनुभयोको छ।

तालिमबाट ४५ प्रशिक्षार्थी सफल भई कार्यक्षेत्रमा खटिन सशस्त्र प्रहरी तयार भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles