Friday, August 15, 2025

हेटौंडामा पाकेटमारहरू तीन जना पक्राउ ;

ताजा / भरखरै प्राप्त

मकवानपुर प्रहरीले तीन जना पाकेटमारहरूलाई रकमसहित प्रहरीले पक्राउ गरेको छ ।
मनहरी गाउँपालिका–६ का
४९ वर्षीय भरत गौतमले बसबाट हेटौंडा आउने क्रममा तीन जना पाकेटमारले आफ्नो साथमा रहेको ५१ हजार
रुपैयाँ चोरी गरेको इलाका
प्रहरी कार्यालय मनहरीलाई जानकारी दिएका का छन् ।
उनले दिएको जानकारी र हुलियाका आधारमा रितपूर्वक खानतलासी
गर्दा सिन्धुपाल्चोक
लिसंखु पाखर गाउँपालिका–६ का
३२ वर्षीय लाक्पा तामाङ, उदयपुर त्रियुगा नगरपालिका– १० का
४२ वर्षीय प्रेम दोर्जे शेर्पा र धनकुटा छथर गाउँपालिका– ३ का
३७ वर्षीय हेमराज श्रेष्ठको साथबाट चोरी भएको
रकम फेला पारेको
मनहरी प्रहरीले
जनाएको छ ।
चोरीको रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले
बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles