Monday, June 30, 2025

इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित

ताजा / भरखरै प्राप्त

मा रहेको नेपालले अब आइतबार अष्ट्रेलियाको सामना गर्ने छन्  नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको छ ।
कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको हो ।
कप्तान जोराले ५० रन बनाएपछि नेपालले ९८ रनको लक्ष्य विना विकेटको क्षति ४.२ ओभरमा पूरा गरेको हो ।
जोराले १२ बल खेल्दै ३ चौका र ६ छक्का मदतमा ५० रन बनाए ।
उनी अर्धशतकपछि रिटायर लिन पाउने भएकोले उनी रिटायर्ड नटआउट रहे।

रासिद खानले ५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरेर अविजित २१ रन बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गरी २० रन बनाए ।त्यसअघि मोङ कोङ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५.५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
कप्तान रवि बोपाराले सर्वाधिक ४९ रन बनाए ।
उनले १ चौका र ७ छक्का प्रहार गरे ।
समित पटेलले १७ बलमा ३चौका र ३ छक्का प्रहार गर्दै ३९ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा नेपालका लागि प्रतिश जिसी प्रभावकारी रहे । उनले २ ओभर बलिङ गरेका उनले १८ रन खर्चेर ३ विकेट लिए ।
रासिद खान, नारायण जोशी र विवेक यादवले १-१ विकेट लिए ।
बलिङ गरेका मध्ये रासिदले मात्र विकेट लिन सकेनन् ।समूह बी

मा रहेको नेपालले अब आइतबार अष्ट्रेलियाको सामना गर्ने छन्  मा रहेको नेपालले अब आइतबार अष्ट्रेलियाको सामना गर्ने छन्  

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles