
रौतहटको बौधीमाई क्षेत्रमा भारतबाट अवैध रुपमा ल्याउँदै गरिएको तस्करीको सामानसहित एक भारतीयलाई प्रहरी पक्राउ गरेको छ ।
राैतहट जिल्लाको बौधीमाई नगरपालिका–५ मा भारतबाट बिआर ०५ एल ६७१९ नम्बरको मोटरसाइकलमा भन्सार राजस्व छलेर कस्मेटिक, कपडा ल्याउँदै गरेको अवस्थामा भारत जिल्ला मोतिहारी ग्राम पंचायत श्रीपुर कबैया–९ सन्तपुरका ३५ वर्षीय गोबिन्दा दासलाई
प्रहरीले पक्राउ
गरेका छन् ।मोटरसाइकलमा सामान
राखेर बौधीमाई नाका हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा भारतीय नागरिकलाई पक्राउ
गरेका छौं,’ जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले भने,‘सामानसहित
पक्राउ परेका दासमाथि अनुसन्धान भइरहेको छ ।’