Monday, June 30, 2025

धनुषाको दुहबी नाकाबाट प्रहरीको,संरक्षण र सेटिङमा भैरहेको छ,तस्करी ;

ताजा / भरखरै प्राप्त

धनुषाको दुहबी नाकाबाट तस्करी गर्ने लाइनपाएकाहरू
राजीब महासेठ,
नरेश यादव,
सम्मतुल्ला
,छोटु, एहसान,
बर्तुल्ला,
सुरेश साह,
शिव मन्डल,
लगायतकाहरूलाई प्रहरीले तस्करी गर्न छुट
दिएको छन् ।

धनुषाधामको जनकपुरमा
पछिल्लो समय चारैतर्फ खुल्ला रहेको तस्करीले सिमा नाघेको छ, यसमध्ये धनुषाको दुहबीबाट तस्करी को मुख्य धन्दा निर्वाध रुपमा सुरु भैरहेको समाचार प्राप्त भएको छ । भारतको सिमासँग जोडिएको जयनगर बजार र धनुषाको दुहबी मैनाथपुर सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा दैनिक लाखौंको मुल्य बराबरको अवैध कारोबार भईरहेको बुझिएको छ ।

धनुषा जिल्ला अर्थात
तस्करहरूका लागि अड्डाको रूपमा रूपान्तरण गर्न प्रहरी नै सहयोग गर्ने गरेको रहस्य
बाहिरिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी अपराधी क्रियाकलाप, सीमा सुरक्षाको कामलाइ बेवास्ता गर्दै तस्करीकै काम मिलाउन तल्लीन
रहेको देखा पर्न थालेका छन ।
माथिल्लो निकाय अर्थात डिआइजीसम्म रकमको भागबन्डा मिलेकै कारण पनि खुलम खुल्ला रूपले
नै चुनौती दिदै तस्करहरूले अबैध कार्यको सुरूवात गरेको हुन सक्ने सम्भावना रहेको बुझन सकिन्छ ।

सशस्त्र प्रहरीलाईनै
दस गज्जा क्षेत्रको जिम्मेवारी पाएको हो जहाँ एक पोक दुई पोका होइन एक दिनमा १००, पोकासम्म मोटरसाइकलको माध्यमबाट तस्करीको मालसामान आयात निर्यात भएको पाइन्छ ।

धनुषाको दुहबी नाकामा पर्ने जयनगर नाकाबाट तस्करहरुले तस्करी गर्न छुट पाएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको मालसमान नियन्त्रण गर्नु भन्दा पनि तस्करीको मालसमान स्कटिङ्ग गर्नबाट पछि हटदैन्न ।
जिल्ला प्रहरी कार्यालय धनुषा प्रमुख प्रहरी उपरीक्षक एसपी र सशस्त्र प्रहरी बल नेपाल गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपीले समेत तस्करीको रकम पाए पश्चात् मौन धारण गरेका हुन कि माथिल्लो निकायको दवाबमा त्यो खुल्न बाकी रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles