Monday, June 30, 2025

पर्साको जयमंगलापुरमा बिराट कुस्ती प्रतियोगिता सम्पन्न :

ताजा / भरखरै प्राप्त

पर्साजिल्लाको छिपहरमाई गाउँपालिका वडा न.३ जयमंगलापुरमा बिराट कुस्ती सम्पन्न भएका छन् ।

आज कार्तिक १६ गते २०८१/ पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ जयमंगलापुरमा बिशाल बिराट कुस्ती प्रतियोगिता शान्ति पुर्ण सम्पन्न भएको छ। जयमंगलापुरमा रहेको सातोमाई मन्दिरको नाममा लागिएको मेला तथा दिपावलीको अवसरमा बिशाल कुस्ती दगल प्रतियोगितामा नेपाल र भारतको पहलवानहरुले भाग लिएका थिए ।
कुस्ती दंगल प्रतियोगिताको उद्घाटन छिपहरमई गाउँपालिका वाड नं ३ का वडाअध्यक्ष
दिपेन्द्र सिंहले रिबन काटेर
उद्घाटन गरेका छन् ।
बिशिस्ट अतिथिमा नेपाली काँग्रेसका जिल्ला सचिव
युवा नेता नबिन सिंह यो कार्यक्रममा गापा उपाध्यक्षके प्रतिनिधि किसोरी साह कानु, शिक्षक बलिष्टर सिंह,
बिरेन्द्र प्रसाद, मनोज पटेल,गाउँ पालिकाका युवा नेताहरू लगायतको उपस्थित रहेको
थियोे ।

कुस्ती दंगल प्रतियोगितामा
नेपाल नवलपरासीका
बलिबहादुर थापाले बंगालको जालिम सिंह लाई पराजित गरेका छन् ।
कानपुरको मलखानका पहलवानले झासीको
सयतान सिंहलाई पराजित गरेका छन ।
र भारतको सुमन्त यादवले देवरियाको मनान पहलवालाई पराजित गरेका थिए ।

नवलपारसी का महिला सुनिता पहलवान ले भारतका झासीका महिला पहलवान रितालाई प्राजित गरेकि थिन ।
दंगल मा दर्जनौ पहलवान हरु ले भाग लिएका थिए ।
कुस्ती दंगल प्रतियोगितामा
हजारौ दर्शक हरु को सहभागिता र सख्या रहेको थियोे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles